
काठमाडौं, २४ साउन । सिटिजन्स बैंकको एफपिओ शुक्रबार बाँडफाँड हुँदैछ । साउन २५ गते बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा एफपिओको बाँडफाँड हुने बताइएको छ ।
बैंकले प्रतिकित्ता दुई सय रुपैयाँका दरले ४ लाख ६३ हजार ८२६ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा ६४ हजार ७१० वटा आवेदन परेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ का अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गर्नुपर्छ । यसरी हेर्दा ४६ हजार ३८२.६ जनाले १० कित्ता पाउँछन् । आवेदन मागभन्दा बढी हुँदा १८ हजार ३२७ जनाको कुनै पनि कित्ता पाउँदैनन् ।
बैंको एफपिओका लागि मागभन्दा १३ गुणा बढी कित्ताका लागि आवेदन परेको हो । यही साउन १५ गतेदेखि १८ गतेसम्म बैंकले एफपिओ जारी गरेको थियो ।















प्रतिक्रिया