
काठमाडौं, २४ साउन । सुनचाँदीकाे मूल्यमा बिहीबार पनि परिवर्तन भएकाे छैन । सुनचाँदीकाे मूल्य केही दिनदेखि स्थिर देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाला सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी भने प्रतितोला ७ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।















प्रतिक्रिया