१० कार्तिक २०८३, मंगलबार

चितवनमा कोरियाली एसवाई प्यानलको उत्पादन शुरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ साउन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १४ मा नेपालमा नै पहिलो पटक कोरियन लगानीको एसवाई प्यानल नेपालले सञ्चालनमा आएको छ ।

सुरक्षित र घर स्मार्ट घरको सपना भन्ने नारा सहित कोरियाली एसवाई ग्रुपले पूर्वी चितवनको रत्ननगर पिठुवा एसवाई प्यानल नेपाल नामक उद्योग खोलेको हो ।

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने उद्योगले असारमहिनादेखि उत्पादन शुरु गरेको बिहिबार पत्रकार भेटघाट मार्फत जनाएको छ ।

७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको कम्पनीका महाप्रबन्धक देवेन्द्र सम्बाहहाम्फेले जानकारी दिए ।

दैनिक १५ सय मिटर उत्पादन क्षमता रहेको कम्पनीले हाल ४० भन्दा बढीलाई रोजगारी दिएको छ ।