२१ कार्तिक २०८३, शनिबार

बैतडीमा जीर्ण भवनमा यसरी बस्छन् प्रहरी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २४ साउन । आफ्नै भवन नहुँदा बैतडी जिल्लाका विभिन्न स्थानका प्रहरी चौकी वर्षात्को समयमा पानी चुहिने र जीर्ण भवनमा बस्न बाध्य छन् ।

भाडाका कच्ची घरमा रहेका प्रहरी भवनमा पानी चुहिने समस्या रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । बैतडीमा १९ प्रहरी चौकी भाडाको भवनमा छन् । उनले भने, ‘भाडामा लिएका घर पनि धेरैजसो जीर्ण अवस्थामा छन् ।’

सदरमुकाम नजिकैका बाराकोटा, थालिगडा, सतबाँझ, नागार्जुन, खोचलेक, गोकुलेश्वर, कुलाउ, शंकरपुर, रोडीदेवल, कुस्मौदघाट, महाकाली, हल्दुविनायक, शिवलिंग र धर्मघाट प्रहरी चौकी भाडाको भवनमा रहेको उक्त कार्यालयले जनाएको छ ।

आफ्नै भवन नहुँदा कुनै ब्यक्तिलाई हिरासतमा राख्दासमेत भवन अभावमा आफैसँग राख्नुपर्ने बाध्यता रहेको सम्बद्ध प्रहरीको गुनासो छ ।