१२ कार्तिक २०८३, बिहिबार

वीर अस्पतालका डाक्टरहरू एकाएक बेपत्ता !

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् ।

नियमअनुसर उनीहरू साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैको लागि सरकारले १ सय ५० प्रतिशतसम्म अतिरिक्त तलब पनि दिने गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

एक कर्मचारीका अनुसार, डाक्टरहरु बिहान ९ बजे डिजिटल हाजिर गरेपछि दिउँसोको खाजा खाने समय बाहिर निस्कन्छन् र ५ बजे आएर हाजिर गर्छन् ।

कोहीचाहिँ बिहान ९ बजे हाजिर गरेपछि एकैचोटी बेलुकी ५ बजे हाजिर गर्न आइपुग्छन् । अझ केही त बिहान हाजिर गरेपछि बेलुकी हाजिर गर्न पनि फर्किंदैनन् ।

यस्ता डाक्टरमध्ये केहीचाहिँ दिनभर नै अस्पताल वरिपरिकै निजी स्वास्थ्य संस्थामा व्यस्त रहने स्रोतको दाबी छ ।

स्वास्थ्य मन्त्रालयबाट लिखित इजाजत लिएर मात्रै बाहिर काम गर्न सकिने कानूनी व्यवस्था भए पनि वीरका केही डाक्टरले यसको पालना गरेका छैनन् ।