
काठमाडौं । बलिउडमा यदि ‘क्यूट जोडी’बारे कुरा हुन्छ भने शाहिद कपूर र मीरा राजपूतकाे नाम अगाडी आउँछ । यी दुवैकाे केमेष्ट्री कमाल देखिन्छ । बलिउडप्रेमीहरु मीराकाे डेब्यू प्रतिक्षा गरेर बसेका थिए । यसैबीच मीराले डेब्यू गरेकी छन् । हालै मीरा राजपूतले एक व्यवसायिक विज्ञापनमार्फत पर्दामा डेब्यू गरेकी हुन् । हालै उनकाे व्यवसायिक भिडियाे बाहिर आएकाे छ । यस भिडियोमा मीराको बेबी पम्स पनि देखिएको छ ।
मीराले शानदार तरिकाबाट क्यामेरा फेस गरेकी छन् । देख्दा यस्तो लाग्दैन कि उनी पहिलोपटक क्यामेरासँग साइनो गाँसेकी छन् । तर, मीराकाे सामाजिक सञ्जालमा मानिसहरुले खुलेरै ट्रोल गरेका छन् । ट्रोल गर्नुको कारण हो उनी मात्र २३ वर्षकी भइन् र उनले एंटी एजिंग क्रीमकाे विज्ञापन गरेकी छन् । मानिसहरुले यसलाई लज्जास्पद भन्दै मजाक उडाइरहेका छन् ।
मीराले आफ्नो इंस्टाग्राममा भिडियो पनि सेयर गरेकी छन् । तपाईलाई यो बताअौं कि चाँडै नै मीरा दोस्रो बच्चाकी आमा बन्दैछिन् । उनले छोरी मीशालाई सन् २०१६ मा जन्म दिएकी थिइन् ।















प्रतिक्रिया