
साउन २३ सल्यान । सल्यान बन्गाड कुपिण्डे नगरपालीका वडा ६ भालाखर्क घर भएकी चार किशोरी लाई कोहलपुरबाट उद्दार गरि आप्mन्तको जिम्मा लगाईएको छ ।
स्थानीय सीता वस्यालको साथमा कामको खोजीकालागि घरबाट भागेकी वर्ष १४ की राधिका वि.क, वर्ष १५ की मनिषा वि.क, वर्ष १५ की सृष्टि वि.क. काठमाण्डौ जान लागेको समयमा प्रहरीले उनीहरुलाई कोहलपुरमा फेला पारेको हो ।
बुधवार कोहलपुर बाट उनिहरुलाई उद्दार गरि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । २ दिन अघि जँगलमा घाँस काट्न जाने निहुमा घरबाट भागेर उनिहरु कोहलपुर पुगेका थिए ।
किशोरीका आफ्न्तले इलाका प्रहरी कार्यलय सल्लीवजारमा खोजबिनका लागि हुलिया सहित निवेद पेश गरेपछि कोहलपुर इलाका प्रहरी कार्यलयले उनीहरुलाई काठमाडौ जाने तयारीमा रहेको अवस्थामा कोहलपुर वसपार्कबाट फेला पारेको हो ।
ईलाका प्रहरी कार्यालयका ईन्चार्ज चन्द्र कठायतले जानकारी दिए । उनीहरु सवै जना बनगाड कुपिण्डेको राधा निमावि भलाखर्कमा कक्षा ८ मा अध्यायनरत रहेको बताईएको छ ।












प्रतिक्रिया