२१ कार्तिक २०८३, शनिबार

पाँच दिनदेखि गोकियो तालमा हराईरहेका तीनमध्य एकको शव फेला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । सोलुखुम्बुको गोकियो तालमा नुहाउने क्रममा डुवेर हराइरहेकाहरु मध्ये पेम्वा नोर्वु शेर्पाको शव बुधबार विहान निकालिएको छ ।

सशस्त्र प्रहरी बलको गोताखोरले सो तालबाट उनको शव निकालेको हो । विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको दुई जना गोताखोरहरुको टोलीले शव निकालेको हो ।

सोलुखुम्बु जिल्लाको खुम्वु पासाङल्हामु गाउँपालिका ४ स्थित खुम्जुङ माध्यमिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुसाउन १८ गते सो ताल नजिक शैक्षीक भ्रमण गएकोमा भोलीपल्ट १९ गते विहान तालमा नुहाउने क्रममा डुवेर हराएका थिए । गोताखोरसहितको टोलीले डुवेर वेपत्ता भएका पेम्वादोर्जे शेर्पा र सुमन वराइलीको व्यापक रुपमा खोजीकार्य गरिरहेको छ ।