२ कार्तिक २०८३, सोमबार

ओपोले ल्यायो कम मूल्यको नयाँ मोबाइल

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । ओपोले नेपालमा आफ्नो नयाँ मिड–रेञ्ज क्यामेरा फोन–एथ्रीएस सार्वजनिक गरेको छ ।

दक्षिण एसियाली बजारमा एथ्रीएस १३ं२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई इनेबल्ड फ्रण्ट क्यामेरा तथा सुपर फुल स्क्रिन सुसज्जित ओपोको पहिलो यो उपकरण हो ।

२ जीबी ¥याम र १६ जीबी सञ्चय क्षमता, क्वालकम स्न्यापड्रागन ४५० ओक्टा कोर प्रोशेसर र ४२३० एमएएच ब्याट्री जडित नवप्रबर्तनात्मक फिचर्स सुसज्जित एथ्रीएसको मुल्य रु १९ हजार ४ सय ९० निर्धारण गरिएको छ ।

सार्वजनिक नयाँ फोन एथ्रीएसका बारेमा बोल्दै ओपोका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले डुअल क्यामेरा सेटअप, सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमता लगायत अत्याधुनिक फिचर्स सहितको फोन सुलभ मुल्यमा उपलब्ध गराएको जानकारी दिए ।

ओपोले उपलब्ध गराउने एआई ब्यूटी प्रविधि साधारण सफ्टवेयर प्रोग्रामका रुपमा मात्र नभइ ब्यवसायिक फोटोग्राफरले झैँ काम गर्ने क्षमता राख्छ ।

यो प्रविधिले प्रिमियम सप्लायर्स मार्फत उपलब्ध क्लाउड डाटाबेसमा उपलब्ध बृहत्त फेसियल रिकग्निसन मार्फत उत्कृष्ट तस्विर कैद गर्न सघाउँछ ।