
काठमाडौं, २२ साउन । युनियन हाइड्रोपावरको सात लाख ५० कित्ता सेयर भर्ने म्याद अब मात्र एक हप्ता बाँकी छ । यस हाइड्रोपावरको आइपीओ भर्ने अन्तिम मिति साउन २८ गतेसम्म छ ।
हाइड्रोपावरले लमजुङ जिल्लाका परियोजना प्रभावितहरुका लागि साउन १४ गतेदेखि आइपीओ निष्काशन गरेको थियो ।
आइपीओ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ८,९ र १० का स्थानीय बासिन्दाले भर्न पाउनेछन् । त्यस्तै बेसीशहर नगरपालिका-५, सुन्दरबजार नगरपालिका-११ र कास्की जिल्लाको रुपा गाउँपालिका-१ का स्थायी बासिन्दाले आइपीओका लागि आवेदन दिन सक्नेछन् । लमजुङ जिल्लाबासीले पनि आइपीओ भर्न पाउनेछन् । हाइड्रोपावरको आयोजना स्थलमा आइपीओको आवेदन दिन सकिनेछ ।
आइपीओ कम्तीमा ५० देखि बढीमा तीन हजार कित्ताका लागि दिन पाइनेछ ।















प्रतिक्रिया