४ कार्तिक २०८३, बुधबार

सलमानसँग माल्टा जाँदै कट्रिना

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कट्रिना कैफ एकपटक पुन सिल्भर स्क्रीनमा धमाका मच्चाउनका लागि तयार भएकी छन् ।

कट्रिना चाँडै नै सलमानसँग एक फिल्म शूटिङका लागि यूरोपको माल्टा जाँदैछिन् । बताइएअनुसार सलमान र कट्रिना माल्टामा करीब तीन हप्ता रहनेछन् । केही महिना अघिमात्र कट्रिना आमिर खानसँग माल्टा गएकी थिइन् । त्यसैबेलादेखि उनलाई माल्टा रोमान्टिक लाग्न थालेको बताइएको छ ।

तीन हप्तासम्म कट्रिना सलमानसँग माल्टामा रहनेछिन् । सुन्दर लोकेशनमा सलमान र कट्रिनासँग अरु कोही पनि हुने छैनन् । भारतीय सञ्चारमाध्यमका अनुसार माल्टामा सलमानकी प्रेमिका लूलिया वन्तूरलाई समेत जान मनाही गरिएको छ । -एजेन्सी