२ कार्तिक २०८३, सोमबार

धादिङको गजूरी र गल्छीमा खुल्यो एनआईसी एशिया बैंकको नयाँ शाखा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २१ साउन । एनआईसी एशिया बैंकले धादिङमा दुई ओटा नयाँ शाखाको विस्तार गरेको छ । धादिङको गजूरी गाँउपालिका वडा नं. १ र गल्छी गाँउपालिका वडा नं ७ मा नयाँ शाखाहरु सञ्चालनमा आएका बैंकले जनाएको छ ।

गजूरी शाखाको गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले उद्घाटन गरेका थिए । सोमबार एक कार्यक्रमकाबीच सो शाखाको उद्घाटन गरिएको हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले विभिन्न क्षेत्रहरुमा शाखा विस्तारलाई तीव्रता दिएको जनाएको छ ।

बैंकका हालसम्म देशभर २ सय ३४ शाखा कार्यालयहरु, २ सय २४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र १६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।