
काठमाडौँ । हरितालिका (तीज)लाई लक्षित गरेर युवा कलाकार विशाल ढकालले तीज गीत ‘डोली चढियो’ सार्वजनिक गरेका छन् ।
सिंगारो म्युजिक प्रा.लि.को प्रस्तुतीमा सर्जक ढकालले डोली चढियो बोलको नयाँ तीज गीत बजारमा ल्याएका हुन् । गीतमा ढकालकै लय÷शब्द रहेको छ भने चर्चित गायिका टिका पुनले स्वर दिएकी छन् ।
मौलिक लोक संस्कृतिलाई संरक्षण गर्ने हेतुले नयाँ गीत सार्वजनिक गरेको सिंगारो म्युजिक प्रा.लि.का प्रवन्ध निर्देशक समेत रहेका ढकालले जानकारी दिए ।
नारीहरुको विशेष पर्व तीज मुल मर्मबाट विमुख हुँदै गएको बेला आफूले सांस्कृतिक, पारिवारिक र धार्मिक महत्व बोकेको तीज पर्वमा समाजको यथार्थता झल्कने गीत बजारमा ल्याएको ढकालले दाबी गरे । तीजको मर्मभित्र रहेर गीत तयार पारिएको उनको भनाइ छ ।
गीतको भिडियो कलाकार हरि विष्टले निर्देशन गरेका हुन् । मोडल दिपाशा विसीको अभिनय रहेको भिडियोको नृत्य निर्देशकमा नन्दा बस्याल, छायाँकन राजु केसी, सम्पादनमा प्रबिन भट्ट, विशेष सहयोग कमल विष्ट र भिडियो सम्पादन बिपि फिल्मसले गरेको हो ।
ढकालले गत वर्ष तीजलाई लक्षित गरेर ‘भदौरे झरी’ बोलको गीत सार्वजनिक गरेका थिए ।















प्रतिक्रिया