५ कार्तिक २०८३, बिहिबार

विवाह र अभिनयबारे के भन्छिन् आलिया ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आगामी फिल्म ‘ब्रह्रास्त्र’लाई लिएर चर्चामा छिन् । अभिनेता रणबीर कपूरसँगको अफेयरको पनि बलिउडमा गाइँगुइँ चल्ने गरेको छ ।

रणबीर र आलिया दुवै अयान मुखर्जीको फिल्म ‘ब्रह्रास्त्र’मा काम गरिरहेका छन् । यसैबीच आलियाले विवाहबारे सबैलाई अचम्ममा पार्ने अभिव्यक्ति दिएकी छन् ।

हालै सामाजिक सञ्जाल इंस्टाग्राममा आफ्ना फ्यानसँग उनले कुराकानी गरेकी थिइन् । त्यस क्रममा आलियालाई व्यक्तिगत र फिल्मसँग जोडेर विभिन्न प्रश्नहरु सोधिए । के तपाई विवाहपछि पनि अभिनय गरिरहनुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘तपाईको स्टाटसबाहेक कुनै पनि चीज छोड्नु जरुरी ठान्दिनँ । म सकुञ्जेल अभिनय गरिरहनेछु ।’ -एजेन्सी