५ कार्तिक २०८३, बिहिबार

नेपाली र भोजपुरी भाषामा बन्यो ‘बजरंगी भाई’

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्माता राजेन्द्र पुरीले नेपाली र भोजपुरी भाषामा फिल्म निर्माण गरेका छन् । छायाँकनको अन्तिम चरणमा रहेको फिल्म नेपाली भाषामा ‘बजरंगी भाई’ र भोजपुरी भाषामा ‘लोहा सिंह सरकार’ नाम राखिएको पुरीले जानकारी दिए ।

फिल्मको कथा, पटकथा र संगीत विनय बिहारीको रहेको छ । रुपन्देही जिल्लामा फिल्मको छायाँकन भइरहेको छ । फिल्ममा भारतीय भोजपरी फिल्मकी अभिनेत्री गुञ्जन पन्तको विशेष भूमिका छ ।

यो फिल्ममा पुरीका साथै देव यादवको पनि लगानी रहेको छ । फिल्मलाई एन.आर.घिमिरेले निर्देशन गरेका छन् । घिमिरेलाई सहायक निर्देशनमा सद्दाम हुसैनले साथ दिएका छन् ।

खुसी फिल्मस् एण्ड त्रिदेव फिल्मस् प्रोडक्सनको संयुक्त निर्माणमा फिल्म निर्माण भएको छ । प्रेमकथाका साथै आँखा दानका विषयमा फिल्मले जागरण दिने उद्धेश्य राखिएको निर्माता राजेन्द्र पुरीले बताए ।

निशान्तकुमार पाण्डे, गुञ्जन पन्त, विनय बिहारी, प्रिया गौतम, देवेन्द्र यादव, नमिता खड्का, निथी पाल, सञ्जय गुप्ता, राञ्जन पौडेल, आशा ज्ञावाली, सञ्जय कनौजिया, देव यादव, होमलाल चौधरी, ममता चौधरीलगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ ।

फिल्मलाई कृष्ण श्रेष्ठले छायाँकन गरेका हुन् । निर्माता पुरीले यसअघि पनि भोजपुरी र नेपाली फिल्महरू निर्माण गरिसकेका छन् ।