२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया क्यापिटलको संध्याकालीन काउण्टर संचालनमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० साउन । एनआईसी एशिया क्यापिटल लिमिटेडले संध्याकालीन काउण्टर संचालनमा ल्याएको छ ।

उक्त संध्याकालीन काउण्टर मार्फत सेवाग्राहीहरुले दैनिक कार्यालय समय भन्दा अतिरिक्त समय सेवाप्राप्त गर्न सक्नेछन् । एनआईसी एशिया क्यापिटलको बबरमहलस्थित कार्यालयमा आईतबार देखि बिहीबारसम्म दिउसो ४ बजे देखि बेलुका ६ बजे सम्म शुक्रवार बिहान १० बजे देखि दिउसो १ बजेसम्म तथा संध्याकालिन काउण्टर दिउसो २ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनमा ल्याएको छ ।

यस यो सेवा मार्फत ग्राहकहरुले खाता खोल्ने आवेदन फारम संकलन, शेयर प्रमाणपत्र तथा लाभाँश िववरण, शेयर अभौतिकरणगर्ने, लगानी व्यवस्थापन तथा परामर्श सेवा लगायतका सेवाहरु उपलब्ध हुनेछन् ।

सेवाग्राहीहरुको व्यस्ततालाई मध्येनजर राख्दै यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।