२ कार्तिक २०८३, सोमबार

माछापुच्छ्रे बैंकले दियो कोटवासीहरुलाई एम्बुलेन्स

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० साउन । माछापुच्छ्रे बैंक लिमिटेडले भोजपुर कोट सेवा समाज र टेम्केमैयुङ गाउँँपालिका–७ लाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक र भोजपुर कोट सेवा समाज र कोट वासीहरुको सक्रियतामा खरिद गरिएको एम्बुलेन्स हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

शनिबार एक कार्यक्रमकाबीच बैंकका तर्फबाट सञ्चालकद्वय जय मुकुन्द खनाल र राम मान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राज बहादुर राई र टेम्केमैयुङ गाउँँपालिका वडा नं. ७ का वडाध्यक्ष उद्धव कुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरेका हुन् ।