२१ कार्तिक २०८३, शनिबार

डोरबहादुरको उपचारमा सहयोग जुट्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भैरहवा, साउन १८ । विगत १७ दिनदेखि भैरहवा स्थित मेडिकल कलेजको आइसीयुमा भेन्टिलेटरको सहयोगले उपचार गराईरहेका प्युठान स्वर्गद्वारी–४ का ४१ वर्षीय डोरबहादुर थापा क्षेत्रीको उपचारमा स्व. कमलापति–गंगादेवी पन्थ स्मृति प्रतिष्ठानले आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावका कारण उपचारमा कठिनाई भएका उनलाइ केही दिनदेखि रोट्रयाक्ट क्लब अफ भैरहवाको अघुवाइमा आर्थिक सहयोग संकलन गरी उपचार भइरहेको छ । सोही अनुरुप प्रतिष्ठानले शुक्रबार क्लबको रोहबरमा बिरामीकी श्रीमति विजुला थापालाइ २५ हजार सहयोग रकम हस्तान्तरण गरेको हो ।

निम्न वर्गिय थापा क्षेत्री आँपको रुखबाट लडेर गम्भिर घाईते भई उपचारकोलागि श्रीमतीसंगै भैरहवा आएका हुन् । उपचाररत थापा क्षेत्रीका १० वर्षीय एक छोरा अपांग छन् भने अर्को ८ वर्षीय छोरी घरमै छन् ।