२ कार्तिक २०८३, सोमबार

जुलाई २६ अघि सगुनको लगानी फारम भरेकाले अगष्ट १० सम्म पैसा पठाउन सक्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ साउन । अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिसन (SEC) बाट सगुनले मिनी आइपीओ मार्फत स्वामित्व शेयर विक्री गर्न पाउने एक वर्षको समय यहि जुलाई २६ मध्यराती (न्यूयोर्क समय) देखि समाप्त भएको छ ।

बढिमा २० मिलियन डलर बराबरको स्वामित्व शेयर एक वर्षको अवधिमा विक्री गर्न पाउने स्वीकृति प्राप्त भए अनुसार विभिन्न चरणहरु गरी सगुनले ‘मिनी आइपीओ’ खुल्ला गरेको थियो ।

तीन चरण गरि खुल्ला गरिएको मिनी आइपीओ मार्फत विश्वका विभिन्न ८० देशका ८ हजार ६ सय ४६ जना लगानीकर्ताहरुबाट लगानीको प्रतिवद्धता आएको थियो । तेश्रो तथा अन्तिम चरणमा विश्वका ५८ वटा देशहरुबाट सर्वसाधारणहरुले लगानीको प्रतिवद्धता जनाएका छन् । निश्चित प्रकृया पूरा भइसकेपछि वास्तविक संख्या र रकमको बारेमा जानकारी गराउने सगुनले जनाएको छ ।

विशेष गरि तेश्रो चरणमा लगानी गरेका सबै लगानीकर्तालाई आफ्नो पासपोर्ट र आफू हाल बसिरहेको देशको ठेगाना खुल्ने परिचय पत्र (ड्राइभर लाइसेन्स) वा काम गर्ने कम्पनीले उपलब्ध गराएको परिचय पत्र वा अन्य कुनै पनि कागज पत्र जसमा आफ्नो ठेगाना उल्लेख गरिएको छ त्यसलाई इमेलमा पठाउन सगुनले अनुरोध गरेको छ ।

लगानीकर्ताका काजगपत्रको आधारमा बैंकले प्रमाणिकरण गरेपछि मात्र लगानीको प्रकृया पुरा हुने कम्पनीले जानकारी गराएको छ । त्यसै गरि अगष्ट १४, २०१८ सम्ममा बैंकले प्राप्त गरेको रकमलाई मात्र लगानी रकमको रुपमा स्वीकार गर्ने भएको र वायर ट्रान्सफर गर्न सामान्यतया दुई देखि ४ दिनसम्म लाग्ने भएकोले मिनी आइपीओको तेश्रो तथा अन्तिम चरणमा लगानीको प्रतिवद्धता जनाउनेहरुले आफूले प्रतिवद्धता गरेको रकम अगष्ट १० सम्म वायर ट्रान्सफर गरी पठाइसक्न कम्पनीको अनुरोध छ ।

साथै वायर ट्रान्सफर गरिसकेपछि आफ्नो पासपोर्ट र फर्म भर्दा उल्लेख गरेको ठेगाना खुल्ने परिचय पत्र [email protected] वा [email protected]  मा जतिसक्दो चाडो उपलब्ध गराउन अनुरोध गरिएको संस्थापक गोविन्द गिरीले जनाएका छन् ।

लगानीको लागि फर्म भर्दा क्रेडिट र डेविट कार्ड मार्फत रकम पठाउने तरिका छनौट गरेका लगानीकर्ताहरुले रकम पठाउनका लागि सगुनको वेभसाइटमा उल्लेख इन्भेष्टमेण्ट हटलाइन फोन नम्वरमा सम्पर्क गर्न सक्ने पनि गिरीले बताए ।