२१ कार्तिक २०८३, शनिबार

लमजुङको चितीमा बोलबम यात्रा

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिती, लमजुङ, १८ साउन । लमजुङको बेसिशहर नगरपालिका – ११ चितीमा भव्य रुपमा बोलबम यात्रा गरिने भएको छ ।

चितीको रामचोकबेसीमा रहेको पवित्र धार्मिकस्थल त्रिबेणीको शिवालय मन्दिरबाट तिलाहारको शिद्देश्वोर महादेब मन्दिरसम्म बोलबम यात्रा गर्न लागिएको हो ।

साउन महिनाको तेस्रो सोमबार हुने बोलबम यात्रामा रामचोकबेसीको त्रिबेणी शिवालय मन्दिरबाट लगिएको पवित्र जल चिती तिलाहारको महादेब मन्दिरमा लगेर जलार्पण गर्ने प्रचलन छ । जल अर्पणपछि शिवको महिमा सम्बन्धी प्रवचन हुनेछ ।

बिगतका बर्षहरुमा भन्दा यस बर्ष अझै भब्य तरिकाले बोलबम यात्रा सम्पन्न गर्न सपना श्रेष्ठ संयोजक र सुमित्रा दवाडी उपसंयोजक रहेको यात्रा ब्यबस्थापन समिति गठन गरिएको आयोजक संस्था चिति साहित्य समाज लमजुङका अध्यक्ष स्थीरबाबु घिमिरेले दैनिक नेपाललाई जानकारी दिए ।

सोमवार बिहान ८ बजे त्रिबेणीको शिवालयमा जम्मा भएर जलसहित शिबको भजनकिर्तन गर्दै झाँकीसहित हजारौं भक्तजनको साथमा यात्रा सुरु हुने तयारी भइरहेको उनले बताए ।