५ कार्तिक २०८३, बिहिबार

नक्कली नोट प्रकरणमा जेल परेका फिल्म निर्माता वाग्ले धरौटीमा रिहा

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नक्कली नोट प्रकरणमा २ जेठका पक्राउ गरी कारागार चलान गरिएका फिल्म निर्माता माधव वाग्ले शुक्रबार २५ लाख धरौटी तिरेर रिहा भएका छन् ।

फिल्मी प्रयोजनका लागि नोट बनाएको बताए पनि राष्ट्र बैंकको अनुमति बिना करोडौं रकम छपाएको र त्यसको दुरुपयोग गरेको भन्दै काठमाडौं प्रहरीले पक्राउ गरी नक्कली नोट कारोबारको मुद्दा चलाएको थियो ।

वाग्लेसहित अन्य तीन जना पनि पक्राउ गरिएको थियो । वानेश्वरको एउटा होटलमा उक्त रकम चलाउने कोशिश गरेपछि प्रहरीले वाग्लेको घरमा छापा मार्दा करोड भन्दा बढि नक्कली नोट फेला पारेको थियो ।

उनले फस्र्ट लभ, रेशम फिलीलीलगायतका फिल्म पनि निर्माण गरेका थिए । उनलाई नक्कली नोटसहित चारढुंगाबाट पक्राउ गरिएको थियो ।
उनीसँगै महेन्द्र बोगटी, सुजित तामाङ र सजन तामाङ, प्रकाश सुवेदी, विकेश नापितलाई पनि प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।