
काठमाडौँ । विगतमा जस्तै चिनारी म्युजिक प्रालीले यो बर्ष पनि मौलिक तीज गीत बजारमा ल्याएको छ । महिला दिदीबहिनीको कहानी समेटेको गीतले छोटो समयमै चर्चा बटुल्न थालेको छ ।
कमला पोख्रेलको स्वर रहेको गतिमा मीन बानियाँको लय/शब्द रहेको छ । सिर्जन बरालको निर्देशन रहेको गीतमा बासु बरालको छायांकन छ ।
रचना पौडेलले अभिनय गरेको गीतमा बिष्णु मगरको नृत्य रहेको छ । अडियो, भिडियो चिनारी म्युजिक प्रालिले निर्माण गरेको हो भने बजार व्यवस्थापन गायक, सर्जक तथा संगीतकार प्रकाश न्यौपानेले गरेका छन् ।















प्रतिक्रिया