४ कार्तिक २०८३, बुधबार

कर्णाली प्रदेशका गरिब तथा निःसहाय बच्चालाई एनसीसी बैंकको सहयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले आफ्नो सामाजिक संस्थापक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश नं. ६ मा रहेका बिभिन्न जिल्लाका शिक्षा, स्वास्थ्यबाट बन्चित ४० जना अनाथ, असहाय तथा अपाङग बालबालिकाको जिम्मेवारी लिई सगरमाथा प्रतिष्ठान नेपालद्वारा चोभार ६, किर्तिपुरमा संचालित हेल्पलेस चिल्डे«न होमलाई ३ लाख आर्थिक सहयोग गरेको छ ।

बैंकले ४० जना बालबालिकाहरूको १ वर्षको लागि आवश्यक पर्ने विद्यालय शुल्क तथा औषधोपचार खर्चको निमित्त एकमुष्ट रु. ३ लाखको आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

रकम बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले एक कार्यक्रमका बीच सगरमाथा प्रतिष्ठान नेपालका अध्यक्ष नरबहादुर लिम्बुलाई हस्तान्तरण गरेका हुन् ।

रकम ४० जना निःसहाय बालबालिकाहरुको विद्यालय शुल्कको लागि प्रतिमहिना रु. २० हजार तथा औषधोपचार खर्च रु. १५ हजार रहेको बैंकले जनाएको छ ।

सगरमाथा प्रतिष्ठान नेपाल अन्तर्गत संचालित रहेको हेल्पलेस चिल्डे«न होमको चोभार ६, किर्तिपुरमा रहेको भवनको झ्याल तथा ढोकामा एनसीसी बैंकको पहलमा जाली खापा राख्ने कार्य समेत अगाडि बढाईएको बैंकले जनाएको छ ।