
काठमाडौँ । युवा गायक भागिरथ चलाउने तीजको गीतमा पनि उस्तै व्यस्त छन् ।
लोक तथा दोहोरी गीतमा जमेका भागिरथलाई यतिबेला तीजको गीतमा पनि भ्याईनभ्याई छ । यसपटकको तीजमा उनको चार वटा गीत आउँदैछ । तीन वटा रिलिज भइसक्यो भने एउटा रिलिज हुने क्रममा छ ।
https://www.youtube.com/watch?v=6YaehvA_ijM
उनको स्वरमा शर्मिला बिसीकोे ‘कास्की पोखरा’, सुनिता बस्नेतको ‘सल्यानकी मायालाई’ र तुलसा थापा तथा सीता थापाको ‘अहिलेको तीजैमा बेहुली बनाउँछु’ बोलको गीत बजारमा आइसकेको छ । चर्चित गायिका मञ्जु पौडेलसँगको उनले स्वर मिलाएको पशुपति गजुर टल्किएरै हो बोलको गीत पनि छिट्टै आउँदैछ ।
https://www.youtube.com/watch?v=RMIvUtNshJw&feature=youtu.be
अहिलेसम्म चार दर्जन गीत गाइसकेका भागिरथको ‘कस्लाई सोध्ने होला…’, ‘गोरखपुरको सलाई…’ लगायतका चर्चित गीत छन् ।















प्रतिक्रिया