२१ कार्तिक २०८३, शनिबार

लोककुमारी स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, १७ साउन । प्रेस सेन्टर दाङमा स्थापना भएको ‘लोककुमारी स्मृति पत्रकारिता पुरस्कार’ यसवर्ष पत्रकार गोकर्ण पौडेललाई प्रदान गरिने भएको छ ।
आज प्रेस सेन्टर, दाङ र प्रेस चौतारी दाङका पदाधिकारीहरुको संयुक्त बैठकले प्रेस चौतारीका साधारण सदस्य समेत रहेका पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनोट समितिका संयोजक पाण्डव शर्माले जानकारी दिए । पौडेल एक दशक देखि पत्रकारितामा क्रियाशिल छ ।
प्रेस सेन्टर नेपालका संस्थापक अजयदीप शर्मा उनका दाईहरु हरिप्रसाद रिजाल, गणेशप्रसाद रिजाल, अर्जुनकुमार रिजाल र भतिजि राधा रिजालले आफ्नो आमा÷हजुर आमा स्व. लोककुमारी रिजालको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका थिए ।
उक्त पुरस्कारको राशि पाँच हजार रुपैयाँ रहेको छ । सो पुरस्कार आगामी साउन २४ गते घोराहीमा एक कार्यक्रमकाबीच प्रदान गरिने भएको छ ।