२१ कार्तिक २०८३, शनिबार

गृहमन्त्री थापा र दक्षिण कोरीयाली राजदुतबीच भेटवार्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि दक्षिण कोरीयाका राजदुत पार्क योङ सिकले बिहिबार शिष्टचार भेटवार्ता गरेका छन् ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरीया द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय दक्षिण कोरीया र उत्तर कोरीयाबीच भईरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले समग्र विश्वमै शन्ति कायम गर्न सहयोग पुग्ने विश्वाँस व्यक्त गरे ।

उनले दक्षिण कोरीयामा नेपालीहरुलाई रोजगारीको अवसर दिएकोमा राजदुतलाई धन्यवाद व्यक्त गर्दै त्यहाँ कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदुतसँग छलफल गरे ।

भेटमा राजदुत सिकले नेपालको प्रवेशाज्ञा प्रक्रिया केही झन्झटिलो रहेको कारण यहाँ कोरीयालीहरु लगानी गर्न आउँदा केही समस्या रहेको बताएपछि गृहमन्त्री थापाले त्यसबारे खोजविन गरेर तत्कालै त्यसमा सुधार गरीने जवाफ दिए ।

राजदुत सिकले नेपालमा उर्जा, पर्यटन लगायतका क्षेत्रमा कोरीयाली कम्पनीले लगानी गरीरहेको भन्दै त्यसमा थप लगानी गर्न कोरीया तयार रहेको बताए ।