
काठमाडौँ, १७ साउन । नेपाल वायुसेवा निगमले ६ वटा ट्वीनअटर विमान खरिद गर्ने भएको छ । यसकाले निगमले सरकारसँग ५ अबै रुपैयाँ माग गरेको छ ।
निगमले चुक्तापुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव गरेको हो ।यो प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि विमान किन्न सरकारले निगमलाई ५ अर्ब उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिषदमा पुग्नेछ ।
निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारका अनुसार कम्पनीको चुक्तापूँजी २० अर्ब पु¥याउन सरकारसमक्ष प्रस्ताव गरिएको छ निगमको चुक्तापूँजी हाल ३६ करोड मात्रै छ ।
चालु आर्थिक वर्षभित्रै ६ वटा नयाँ ट्वीनअटर विमान नेपाल आइसक्ने बताए निगमले जनाएको छ । ६ वटा विमानमध्ये नेपालगञ्ज, विराटनगर र पोखराबाट क्षेत्रीय उडान गर्न एक–एकवटा विमान प्रयोग गरिनेछ ।
निगमसँग अहिले २ वटा ट्वीनअटरमात्रै छन् । निगमले ल्याएका नयाँ दुई वाई १२ ई विमान अझै पाइलट अभावका कारण उड्न सकेका छैनन् ।















प्रतिक्रिया