२१ कार्तिक २०८३, शनिबार

बाढि आएपछि यातायातका साधान अलपत्र

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सल्यान, १६ साउन । छिन्चु जाजरकोट सडक खण्डको बन्गाड खोलामा आएको वाढिका कारण सो सडकखण्डमा बुधवार यातायातका साधन ठप्प भएका छन् ।

बनगाड कुपिण्डे नगरपालिकाको सल्लीवजारमा विहानै देखि यातायातका साधानमा सवार यात्रुहरु अलपत्र परेका छन् । खोलामा बाढि आए पछि केही सवारी खोला पार गर्दा खोलामै फसे पछि नगरपालीकाको डोजरले उद्धार गरेको थियो ।

काठमाण्डौ,नोपलगञ्ज,सुर्खेत हुदै विभिन्न स्थानबाट आतव जावतको लागि हिडेको गाडिहरु खोलाका कारण गन्तव्यमा पुग्न नसकेको इलाका प्रहरी कार्यलय सल्लीवजार जनाएको छ ।

सवारी साधानसँगै यात्रुहरु अलपत्र परेका छन् । बन्गाड खोलामा समयमा पुल नवन्दा नागरिकले सास्ती खेपिरहेका छन् । पुलको जिम्मा पाएको आशिस निर्माण सेवाले समयमा काम प्रति तदारुकता नदेखाउनले वर्षातमा आवत जावतमा कठिनाई परेको छ । यस्तै सल्लीवजार देखि रुकुम चौहरी सडक खण्डको नाथेखोलामा पनि निर्माणधिन पक्की पुलको कामको जिम्मा लगेका ठेकेदार भागे पछि सवारी साधान आवत जावत ठप्प रहेको छ ।

२ दिन देखि परेको अविरल वर्षाका कारण दुवै राजमार्ग बन्द भएका छन् । बन्गाड कुपिण्डेको अन्य ग्रामिण सवै सडकहरु भने पहिले नै वन्द भएका छन् ।