२ कार्तिक २०८३, सोमबार

सिटिजन्स बैंकका ग्राहकलाई क्यान्सर अस्पतालमा सहुलियत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर, हरिसिद्धिबीच सहकार्य भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने छ ।

अस्पतालमा आयोजित समारोहमा बैंकका तर्फबाट बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव तीन लाखप चास हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।