काठमाडौं । गायक भुपु पाण्डेले ‘आयो रे सावन आयो’ बोलको फ्युजनसहितको कवाली गीत ल्याएका छन् । युवापुस्तालाई ध्यानमा राखेर पाण्डेले बनाएको गीतको म्युजिक भिडियो पनि फरक शैलीको छ ।
आफ्नो गेटअपका कारण चर्चामा रहने गायक पाण्डेले संगीतमा निकै मेहनत गर्ने गरेको बताउँछन् । ‘यो गीतमा केही फरक दिने प्रयास गरेको छु’, उनले भने, ‘कवाली फेलेभरमा रहेको गीतमा संगीत पनि निकै परक बनाउन खोजको छु ।’
आफ्नै संगीत र एरेञ्ज रहेको ‘आयो रे सावन आयो’ बोलको गीतको शब्द पनि पाण्डे आफैले लेखेका हुन् । आफ्ना अघिल्ला गीतहरूबाट उत्साहित बनेका गायक पाण्डेले प्रत्येक गीतलाई फरक पहिचान दिने प्रयास गर्ने गरेका छन् । पाण्डेको पछिल्लो ‘छाता’ गीतले युट्युबमा आठ लाखभन्दा धेरै भ्यु पाएको थियो ।
म्युजिक भिडियोमा गायक पाण्डेलाई सुर्शा ओझाको साथ छ । भिडियो पनि गायक पाण्डेले फरक शैलीमा निर्माण गरेका छन् । हरेक पटक नयाँ प्रयोग गर्दै आएका पाण्डेको यो गीत नेपाली कवालीमा ढालिएको छ । उनले म्युजिक भिडियोलाई आफ्नै युट्युब च्यानबाट रिलिज गरेका हुन् ।
‘आयो रे सावन आयो’















प्रतिक्रिया