काठमाडौं । मिस गुरुङ ईन्टरनेशनलको ट्लेन्ट राउण्ड काठमाडौंमा सम्पन्न भएको छ ।
गुरुङ समुदायका युवतीको कला संस्कृति तथा भाषा समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिस गुरुङ ईन्टरनेशनल २०१८ को ट्लेन्ट शोमा उल्लेख्य प्रतियोगीको सहभागिता रहेको थियो ।
ट्यालेन्ट शोमा लायन्स क्लबका प्रेसिडेन्ट तारामान धामी, लायन्स क्लबका सिनियर एडभाईजर अमरबहादुर श्रेष्ठ, सगरमाथा टेलिभिजनका चिफ ईडिटर गणेशमान गुरुङ, पहिलो गुरुङ अभिनेता एवं निर्देशक प्रितम गुरुङ तथा मिसेस गुरुङ २०१७ का बिजेता सुमना गुरुङ निर्णायक रहेका थिए ।
कार्यक्रममा सहभागीहरू क्रमशः बिनु गुरुङ, सरिता गुरुङ, बुद्धकाशी गुरुङ, प्रमिता गुरुङ, ममता गुरुङ, निशा गुरुङ, एलिशा गुरुङ, ज्योति गुरुङ, पेमा गुरुङ, तलिशा गुरुङ, दीक्षा गुरुङ, ईन्दिरा गुरुङ तथा बविता गुरुङले आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।















प्रतिक्रिया