काठमाडौं । गायक कृष्ण अखेली र गायिका लक्ष्मी नेपालीको नयाँ तीज गीत ‘आँधीखोला’ बजारमा ल्याइएको छ ।
शिव अखेलीको शब्द र गायक कृष्ण अखेलीको लयमा बजारमा आएको हो । तीज गीत ल्याउने क्रम धमाधम चलिरहेका बेला ‘आँधीखोला’ बजारमा ल्याएको छ ।
वास्ताविक तीजको झ–भलल्को दिन तथा मायालु जोडीका विषयवस्तुलाई गीतमा उतारेको संकलक शिव अखेलीको भनाइ छ । गीतले भनेको छ ‘सानु मैले ढाटेको हैन ,राति गइयो राति मै आइयो, आधिखोला कस्तो छ चाल पाइन’ गीतको म्युजिक भिडियो पनि निकै उत्कृस्ट बनेको छ ।
गीतको निर्देशन अहिलेका ब्यस्त निर्देशक प्रकाश भट्टले गरेका हुन् । छायांकन राजेश घिमिरेले गरेका हुन् । आँधीखोलाको अभिनयमा भने भट्ट र दीपासा बिसीलार्इ देख्न सकिन्छ । गीतको बजार ब्यबस्थापन तिर्सना म्युजिकले गरेको छ ।















प्रतिक्रिया