४ कार्तिक २०८३, बुधबार

रोशन कुतालको तीज गीतले दर्शकहरुको मन जित्यो, हेर्नुस् भिडियो

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लमजुङे गायक रोशन कुताल क्षेत्रीको तीज गीतले दर्शकहरुको मन जित्न सफल भएको छ ।

सामाजिक सञ्जाल युट्युवमा एक लाख भन्दा बढी यो गीत दर्शकहरुले हेरिसकेका छन् । दर्शकहरुबाट राम्रै प्रतिक्रिया मिलेको छ । आफ्नो सिर्जना दर्शकहरुले मन पराइदिँदा खुसी लागेको छ । उत्साहित हुँदै रोशनले दैनिक नेपालसँग भने ।

“दिदी र बहिनी तीजैमा भेला।।।” बोलको यो गीत रोशन आफैले लेखेका हुन् । जसमा लमजुङे गायिका शान्ति सुनारले पनि स्वर दिएकी छिन् ।

दर्जन बढी गीत गाइसकेका रोशनले यो गीतको भिडियोमा पनि चर्चित मोडलहरुलाई अभिनय गराएका छन् । अहिलेकी निकै चल्तीकी मोडल दिपासा बिसीदेखि प्राप्ति पौडेल, संचिता शाही, रबिना भण्डारी, सुष्मा सिंह र चर्चित हास्य कलाकार केशब सापकोटा ूभैसीको कसमूलाई यो भिडियोको मुख्य भूमिकामा हेर्न सकिन्छ ।

शिव बिकको निर्देशन र रबिन बिकको छायांकन रहेको यस भिडियोलाई क्यामरामा कैद शम्भु चालिसेले गरेका हुन् । यस्तो छ भिडियोः

https://www.youtube.com/watch?v=dAB786lkEyI