२१ कार्तिक २०८३, शनिबार

स्थानिय सरकार प्रमुख नै सरकारका बिरुद्धमा उत्रिए

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी ।
सल्यान, १५साउन । यहाँका केही स्थानिय सरकार प्रमुखहरु सरकार बिरुद्ध प्रदर्शन गर्दै बिरोधमा उत्रिएका छन् । अहिलेको सरकारको काम जनविरोधी भएको भन्दै नेपाली कांग्रेसले सडक आन्दोलनको घोषणा गरेपछि यहाँका नगरपालिका तथा गाउँपालिका प्रमुखहरुको नेतृत्वमानै सडकमा बिरोध तथा प्रदर्शन गरिएको छ ।

नेपाली काँग्रेबाट निर्बाचित जनप्रतिनिधिहरु कांग्रेसले घोषणा गरेका बिरोध सभामा प्रदर्शन गर्दै सडक आन्दोलनमा उत्रेका हुन् । स्थानीय तहका प्रमुखको नेतृत्वमा नारा बाजी गर्दै कांग्रेस समर्थकहरुले मूल्य बृद्धी फिर्ता गर, संबिधान बिरोधी क्रियाकलाप बन्द गर, जनविरोधी काम बन्द गर, अधिनायबादी चरित्र बन्द गर, अबैज्ञानीक कर प्रणाली खारेज गर, प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका छन् ।

विरोध सभामा जिल्ला समन्वय समितिका सभापति केशबहादुर बिष्ट,शारदा नगरपालीकाका प्रमुख शुरेश अधिकारी,छत्रेश्वरी गाउँपालीकाका प्रमुख सन्तोष केसी,त्रिबेणी गाउँपालीकाका प्रमुख मानबहादुर डाँगी,विभिन्न वडा कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतकाले सरकारका बिरुद्धमा उत्रिएर चर्को नाराबाजी गरेका थिए ।

सल्यानको डाडागाउँबाट शुरु भएको बिरोध ¥यालीले ठण्डी सडक,तल्लो बजार,बिद्युत रोड हुदै पुरानो बसपार्कमा पुगेर कोणसभा गर्दै सरकारलाई खबरदारी गरेको छ । विरोध सभामा सहभागीहरुले सरकार स्वेच्छाचारी ढंगबाट अघि बढ्न खोजेको आरोप लगाएका छन् ।