२ कार्तिक २०८३, सोमबार

एनटी रिचार्ज कार्डका ठाउँमा अब ‘नमस्ते रिचार्ज’ कार्ड

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । नेपाल टेलिकमले एनटी रिचार्ज कार्डका ठाउँमा अब ‘नमस्ते रिचार्ज’ को ब्रान्ड उपलब्ध गराउने भएको छ । टेलिकमले हालसम्म एनटी रिचार्ज कार्ड उपलब्ध गराउँदै आएको थियो ।

टेलिकमले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने जनाएको छ ।

टेलिकमले रु. ५०।–, १००।–, २००।–, ५००।– र १०००।– दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने छ ।

रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गरी रिचार्ज गर्नुपर्छ । नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशन अनुसार १६ अंकको पिन कोड थिचेर कम्पनीका विभिन्न सेवाहरुमा रिचार्ज गर्न सकिन्छ ।

जीएसएम मोबाइलका ग्राहकहरुले ८द्धज्ञद्द८एक्ष्ल् ऋयमभ३ डायल गरेर पनि रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले हाल रिचार्ज कार्ड वाहेक इलेक्ट्रोनिक रिचार्ज र एमपोस प्रयोग गरेर समेत रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ ।