
काठमाडौँ । पत्रकार धनराज वास्तविकको लय शब्दमा तृप्ती खड्काको मौलिक तीज गीत सार्वजनिक भएको छ । बि.जी इन्टरटेनमेन्ट प्रालिको प्रस्तुती रहेको गीतमा खड्का र यम विष्टको आवाज रहेको छ ।
बाल्यकालदेखी सँगै हुर्केको, सँगै खेलेको साथीहरु सँग छुट्नु पर्दाको वेदना र बिहे भएपछि आफूले भनेको बेलामा माइत गएर भेट्न न पाउँदाको पीडा गीतमा समेटिएको छ ।
गीतको म्युजिक भिडियोमा टिका जैसी, बिजय गुरुङ, रमेश कार्की र रेखा बस्नेतले अभिनय गरेका छन् । विक्रम चौहानले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने राजेश कुमारको सम्पादन रहेको छ । बि स्टार फिल्मस् प्रा.लि ले दृश्य निर्माण गरेको छ ।
हेुर्नहोस् गीतको भिडियो
https://www.youtube.com/watch?v=H2ny1_zcD6o















प्रतिक्रिया