
काठमाडौं, १४ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंक प्रवक्तामा उमंग शर्मालाई नियुक्त गरेको छ । करिव १७ वर्ष अघि नविल बैंक नेपालबाट करियर थालेकी शर्मा बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित नाम हो ।
शर्मा बैंकको स्थापनाकाल देखिनै कार्यरत रहेको बैंकले जनाएको छ । उनले कर्जा विभाग अन्तर्गत उपभोक्ता बैकिंग यूनिट, संस्थागत कर्जा, एस एम ई जस्ता क्षेत्रमा उलेख्य काम गरेको र हाल सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभागमा रहेर कार्य गरिरहेको बैंकले बताएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बैंकिङ क्षेत्रमा अनुभवी शर्माले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरे ।















प्रतिक्रिया