
काठमाडौं, १४ साउन । एनआईसी एशिया बैंकका कर्मचारी तथा ग्राहाकलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा छुट हुने भएको छ ।
एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सोमबार उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
चावहिलमा रहेको हस्पिटलले बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्ड वाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ओम हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावल र हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका हुन् ।















प्रतिक्रिया