२ कार्तिक २०८३, सोमबार

लक्ष्मी बैंकको नयाँ शाखा ललितपुरको सानेपामा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ललितपुर, १४ साउन । लक्ष्मी बैंकले ललितपुरमा शाखा विस्तार गरेको छ । सोमबारदेखि संचालनमा आएको यो शाखा काठमाडौँ उपत्यकाभित्रको १७ औँ शाखा हो ।

यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु तथा विशेष गरी कृषि व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो सँगै बैंकको ४६ जिल्लामा ९५ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०५ एटिएम, २ हजार ५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ । बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, वीमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यस शाखाको विस्तारसँगै बैंकले आफ्ना ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाइल फोन मार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ५९ शाखाहरुमार्फत विभिन्न जिल्लाहरुमा हाल कूल २.६ अरब रुपैयाँ भन्दामाथिको लघुकर्जा सुविधा प्रदान गरेको छ ।

साथै बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सन् २००९ देखि नेपाल धितोपत्र बोर्डबाट इजाजत लिई विभिन्न मर्चेन्ट बैंकिङ सेवाहरु सञ्चालन गर्नुका साथै बैंकको प्रवर्द्धनमा लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्वििटि फण्ड नामक म्युचुअल फण्ड योजनाहरु सञ्चालनमा ल्याएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा रु. ६७ं.७४ अरब निक्षेप र रु.६२ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु. ८१.३३ अरब रहेको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेको जनाएको छ ।