
काठमाडौँ । वरिष्ठ साहित्यकार लक्ष्मी उप्रेतीको शब्द रहेको सुमधुर गिति एल्बम जिन्दगीको बाटो सार्वजनिक भएको छ ।
बुलु मुकारुङको संगीत र विश्व नेपालीको स्वरमा सजिएको एल्बम नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बास्कोटाले एक औपचारिक कार्यक्रममा सार्वजनिक गरेका हुन ।
थ्री–स्टार मेघा मिडियाको प्रस्तुती रहेको म्युजिक भिडियोको निर्देशन पत्रकार पुकार तिमल्सिनाले गरेका छन् ।
मोहन अधिकारीको क्यामरा रहेको भिडियोमा पत्रकार रामेश्वर ढकाल र अस्मिता भण्डारीले अभिनय गरेका छन् ।
गीतमा आर्थिक रुपमा विपन्न मानिसको जीवन कथा र जिन्दगीको खुसी खोज्न कसरी बिदेशिन बाध्य हुन्छन् भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?time_continue=46&v=5h-OZbjboTs















प्रतिक्रिया