१ कार्तिक २०८३, आइतबार

जेसीज सप्ताह समापनः फुटसलमा युनाइटेड र राप्रपा महिला विजयी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बिर्तामोड, साउन १३। वीरता जेसीज र वीरता लेडी जेसीजको जेसीज सप्ताह सन् २०१८ आइतवार बिर्तामोडमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

सप्ताह अन्तर्गत आइतवार महिला तथा पुरुषको खुल्ला फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले गरेका थिए । कार्यक्रम संयोजक टहलदास ओलीले स्वागत गरेको कार्यक्रममा आस्थावाचन संयोजक संगीता गिरीले गरेकी थिइन् ।

कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, मिस टिन प्रदेश नं। १की विजेता रुक्सुम गुरागाँईले शुभकामना मन्तव्य राखेका थिए । जेसीजले विभिन्न सात वटा कार्यक्रमसहित सप्ताह सम्पन्न गरेको हो ।

एब्सुलेट फुटसल बिर्तामोडमा भएको प्रतियोगितामा महिला ४ र पुरुष १६ टिमको सहभागिता थियो । पुरुषतर्फ युनाइटेड ब्रदर्श बिर्तामोड विजयी बनेको छ । पूर्वेली युवा क्लब प्रतियोगिताको उपविजेता बनेको छ । ५का विरुद्ध ९ गोल गरी युनाइटेड विजयी भएको प्रतियोगिताका मुख्य रेफ्री कुशल खतिवडाले जानकारी दिए ।

त्यस्तै महिलातर्फ पत्रकार महिला समूहलाई २का विरुद्ध ४गोलले पराजित गर्दै राप्रपा महिला संगठन विजयी बनेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसक्दा पेनाल्टी सुटका आधारमा खेलको निर्णय गरिएको थियो । फुटसलमा महिलातर्फ वीरता लेडी जेसीज र नेप्लिज टिन्सले समेत भाग लिएको फुटसल प्रतियोगिताको संयोजक टहलदास ओलीले जानकारी दिए ।

त्यस्तै पुरुषतर्फ फुटसलमा वीरता जेसीज, श्रीकृष्ण प्रणामी युवा परिषद्, आमसञ्चार डटकम, बिर्तामोड उद्योग वाणिज्य संघ, हष मर्निङ टिम, मारवाडी युवा मञ्च, रेड स्टार, नेप्लिज टिन्स, धुलावारी फुटबल क्लब, डायमण्ड क्लब, रोट्रयाक क्लब अफ बिर्तामोड, भेट्रान क्लब बिर्तामोड, गोल्डस्टार र गोरखा स्पोर्टस् क्लबले भाग लिएका थिए ।

प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि, दुबै संस्थाका संस्थापक अध्यक्ष तथा अतिथिहरु जेसीज पूर्वअध्यक्ष समाज झापाका उपाध्यक्ष रमेश पोखरेल, वीरता जेसीजका पूर्वअध्यक्ष राजेन्द्र चम्लागाँई, वीरता लेडी जेसीजकी पूर्वअध्यक्षहरु राधा सुब्बा, पार्वता विमली, मिस टिन तथा कार्यक्रम संयोजकहरुले नगद प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए ।

सप्ताह अन्तर्गत प्रथम दिन भएको खुल्ला वेन्च प्रेस र स्क्वाट प्रतियोगिताका विजेताहरुलाई सोही दिनमा बडी ग्यारेजमै पुरस्कार वितरण गरिएको थियो ।–रासस