
काठमाडौं, १३ साउन । चीनको गुयाङग शहरमा आयोजित पहिलो अन्तर्रा्ष्ट्रिय बीग डाटा प्रबिधि तथा प्रहरी आधुनिकीकरण फोरममा नेपाल प्रहरीले सहभागिता जनाएको छ ।
साउन १२ गतेसम्म चल्ने उक्त फोरम ९ गते देखि सुरु भएको थियो । चीन सरकारको निमन्त्रणामा नेपाल प्रहरीले सहभागीता जनाएको हो ।
एसियाका कुल १४ राष्ट्रका २ सय ४० जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको उक्त फोरममा नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा. राजिब सुब्बा सहित ४ जना प्रहरी अधिकृतहरु सहभागी भएका थिए ।
फोरममा प्रहरी नायब महानिरीक्षक डा.सुब्बाले नेपाल प्रहरीको आधुनिकीकरण तथा बिग डाटा प्रविधि प्रयोग गर्ने सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरी लगायत अन्य देशका प्रहरी संगठनबीच संचार तथा सूचना प्रबिधि मार्फत सहकार्यका लागि जोड दिएका थिए ।
सो अवसरमा सहभागीहरुले गुझाऊ प्रदेशको बिग डाटा प्रविधि प्रयोग तथा गुयाङग शहरको प्रहरी कार्यालयले प्रयोग गर्ने बीग डाटा प्रबिधि प्रणाली अवलोकन गरेका थिए ।












प्रतिक्रिया