२१ कार्तिक २०८३, शनिबार

‘गाउँ उज्यालो बनाउँँ’ अभियानमा पूर्वमन्त्री शर्मा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, १३ साउन । पूर्वमन्त्री सामान्य प्रशासन मन्त्री रेखा शर्मा ‘गाउँ उज्यालो बनाउँँ अभियान’मा जुट्नु भएको छ ।

घोराही उपमहानगरपालिका– १८ स्थित कुटुवा खोलाको हात्तीखर्कमा संसद् विकास कोषको रु १० लाखको लागतमा विद्युत् सेवा विस्तार गरी उहाँले उक्त अभियान शुरु गर्नुभएको हो ।
गाउँका कुनै पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुन नपरोस् भनी आफूले यो अभियान शुरु गरिएको र यसलाई अन्य स्थानमा समेत विस्तार गरिने पूर्व मन्त्री शर्माको भनाइ थियो ।

कटुवा खोलाको विद्युत्ले झण्डै दुई सय जनसख्यालाई प्रत्यक्ष फाइदा पुग्ने बताइएको छ । –रासस