२१ कार्तिक २०८३, शनिबार

रोकिएको सवारी लाइसेन्सको आवेदन पुनः सुचारु

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ साउन । यातायात व्यवस्था विभागले विभिन्न कारण देखाउँदै गत जेठ देखि रोकेको लाईसन्स आवेदन आईतबारबाट पुनः सुचारु गरेको छ ।

‘रि – ट्रायल’ का काम गर्नुपर्ने, राजस्वको हिसाब मिलान लगायतका कारण देखाउँदै विभागले गत जेठ २१ गते सूचना निकालेर लाईसन्स आवेदन रोकेको जानकारी दिएको थियो ।

साउन १ गतेदेखि नै आवेदन खुल्ने बताइए पनि विभागले आईतबार मात्र सूचना मार्फत पुनः सुचारु भएको जानकारी दिएको हो ।

विभागको वेवसाईट मार्फत अनलाईन फर्म भर्न पाउने व्यवस्था छ ।