४ कार्तिक २०८३, बुधबार

सृष्टि–सौगात प्रेम : ख्याल ख्यालको मुरली धुन

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ४२ बर्षीय अभिनेता सौगात मल्लको पहिलो फिल्म लुटले नेपाली सिने उद्योगमा जसरी युटर्न गर्यो, त्यसरी नै जीवनको यु टर्नचाहीँ सृष्टि श्रेष्ठसँगको सामिप्यताले गरेको थियो ।

एउटा नाटकको कक्षामा भेट हुँदा समेत प्रेम हुन्छ भन्ने परिकल्पना नगरेको यो जोडी अहिले दरबारमार्गदेखि अनेक ठाउँमा आलिंगनमा बाँधिएर हिँडेको धेरैले देखेका छन् ।

एक अर्थमा यो जोडीको प्रेम ख्याल ख्यालमा बजाइएको मुरलीको मिठास धुन बन्दै गइरहेको छ । ‘प्रेममा कसरी परियो ?’ भन्ने प्रश्नको यकिन जवाफ नै उनीहरूसँग छैन ।

आरोहण गुरुकुलबाट अभिनयको कक्षा सुरु गरेका सौगात र मिस नेपालको उपाधी हात पारेकी सृष्टिबीच सुनिल पोखरेलको कक्षामा भेट भएको थियो । सृष्टि कक्षा लिइरहेकी थिइन्, सौगात एक दिनका लागि कक्षामा पढाउन आएका थिए । तर उनीहरूको कुराकानी गहिरो भएको थिएन ।

मिस नेपाल २०१२ सृष्टि भन्छिन्,‘खै कसरी हाम्रो माया बस्यो हामी दुवैलाई केही याद हुँदैन ।’

सृष्टि रंगमञ्चमा आउनुपूर्व सौगातमा फिल्मले बजार तताइरहेका थिए । त्यसैबेला पूर्वमिस नेपाललाई सोधियो– तपाई नेपालका कुन अभिनेतासँग डेट गर्न चहानुुहुन्छ ? उनले चार पाँच जनाको नाम लिइन् जसमा सौगात १ नम्बरमा थिए । ‘ख्याल ख्यालमा भनेकी थिएँ अहिले संयोगले त्यो मिलेको छ’, सृष्टिले हालै एउटा अन्तरवार्तामा भनेकी छन्,‘धेरै गहिरो सम्बन्ध स्थापितचाहीँ उहाँ (सौगात)को विदेशमा सुटिङ भएका बेला गरिएको कुराकानी नै जस्तो लाग्छ ।’

यी दुईको निकटताको समन्वयचाहीँ निकुन भन्ने साथीले गरेका रहेछन् । जो सृष्टिको बेस्ट फ्रेन्ड र सौगातको ‘ह्याङवाउट’ गर्ने साथी रहेछन् ।

अहिले यो जोडी गहिरो प्रेममा छ । एकले अर्कालाई जीवन साथी बनाउने लयमा प्रेमराग पनि छरिरहेका छन् ।