लिस्बन । गायक शम्भु सिलवालको पहिलो तीज गीत बजारमा आएको छ । तीज पर्वलाई लक्षित गरेर गायक सिलवालले ‘चर्चा’नामक तीज गीत बजारमा ल्याएका हुन् ।
हमाल म्युजिकको प्रस्तुति रहेको गीतको एल्बम म्युजिक नेपालले यूट्युवमार्फत् बजारमा ल्याएको हो ।
गीतमा गायक सिलवाल र गायिका पूर्णकला बिसीको स्वर रहेको छ । गीतमा सूर्य खड्काको संगीत तथा सिलवालकै शब्द रहेको छ ।
युरोपेली मुलुक पोर्चुगलमा छांयांकन गरिएको गीतको भिडियोमा विनोद मगर र अञ्जु श्रेष्ठले मोडलिङ गरेका छन् ।















प्रतिक्रिया