२१ कार्तिक २०८३, शनिबार

हज गर्न जाने यात्रीको बिदार्इ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, १२ साउन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाबाट हज गर्न जाने यात्रीलाई शनिबार बिदार्इ गर्नुभएको छ ।

उहाँले पाकिजा नुरी कमिटिद्वारा आयोजित कार्यक्रममा हज यात्रीलाई प्रदेश र मुलुकको समृद्धिका लागि काम गर्न आग्रह गर्नुभयो ।

उहाँले हज यात्रीलाई हजको प्रक्रियाबारे जानकारी नभएका कारण पनि समस्या भोग्नु परिरहेकालाई ध्यानमा राख्दै प्रदेश सरकारको तर्फबाट हज यात्रीका लागि प्रशिक्षणको व्यवस्थाको गर्ने आफ्नो सोच रहेको जानकारी गराउनुभयो ।

शिक्षा नै समृद्धिको मूल आधार रहेकाले बालबालिकाको शिक्षामा जोड दिन धर्मगुरू र अगुवालाई उहाँले आग्रह गर्नुभयो । यसवर्ष धनुषा जिल्लाबाट १२ महिलासहित ३२ जना हज यात्रामा जान लागेका छन् । –रासस