४ कार्तिक २०८३, बुधबार

प्रियंकाको बिहे अमेरिकनसँग हुने, भारतीय फिल्म नै छाडिन्

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’मा नखेल्ने जनाएकी छिन् । ‘भारत’का निर्देशक अली अब्बास जफरका अनुसार अब प्रियंकाको ठाउँमा नयाँ नायिकको खोजी भएको छ ।

अलीले ट्वीटरमा लेखेका छन्, ‘प्रियंका भारतको हिस्सा रहने छैनन् । यसको कारण निकै स्पेशल छ, उनको लागि हामी पनि निकै खुशी छौँ ।’

‘भारत’मार्फत सलमान र प्रियंका एक दशकपछि एकसाथ पर्दामा देखिने तयारीमा थिए । हलिउडमा रमाइरहेकी प्रियंका ‘भारत’मार्फत २ वर्षपछि बलिउडमा फर्किने चर्चा थियो । यो चर्चा अब सेलाएको छ ।

प्रियंकाले प्रेमी निकसँग विहे गर्ने तयारीका कारण फिल्म छोडेकी हुन् । प्रियंका र अमेरिकन गायक निक केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् ।

फिल्म ‘भारत’ अहिले फ्लोरमा रहेको छ । फिल्ममा सलमान खानसँगै दिशा पटानी, तब्बूलाई पनि देख्न सकिनेछ । प्रियंकाको भूमिका अब कसलाई मिल्छ भन्ने निश्चित भइसकेको छैन । एजेन्सी