
विजय चालिसे ।
नवलपुर, ११ साउन । नवलपुर उद्योग वाणिज्य संघले गत वर्ष सम्पन्न भएको चौथो नवलपुर महोत्सवको आय व्यय सार्वजनिक गरेको छ ।
गत वर्ष फागुन २३ देखी चैत्र ४ गते सम्म चलेको महोत्सवको ४ महिना पछि शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । हाल सम्म नवलपुर उद्योग बाणिज्य संघको नाममा जती महोत्सव भएको भएपनि आर्थिक विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरीएको यो दोस्रोे पटक हो ।
नवलपुर उद्योग वाणिज्य संघद्धारा आयोजना गरीएको चौथो नवलपुर ऐतिहासीक महोत्सवबाट २३ लाख ३१ हजार ८ सय ५० आम्दानी र १५ लाख ४९ हजार ७८० रुपैयाँ खर्च सहितको आय व्यय नवलपुर उद्योग बाणिज्य संघका कोषाध्यक्ष केशवराज भट्टराईले सार्वजनिक गरेका हुन् ।
कोषाध्यक्ष भट्टराईले स्थानिय सरकारद्धारा लागू गरीएको मनोरञ्जन कर, नेपाल सरकारद्धारा लागु गरिएको प्यान तथा भ्याट दर्ता बापतको सरकारी राजश्व समेत भुक्तानी गरीएको बताए । उनले प्यान दर्ता तथा अग्रीम कर बापत रु ५० हजार १५० रुपैया र नगरपालिकामा मनोरञ्जन कर बापत ९० हजार रुपैया भुक्तान गरीएको जानकारी दिए ।
महोत्सवबाट आम्दानी भएको रकम उद्योग बाणिज्य संघले आफ्नो भवन निर्माणका लागि खर्च गर्ने संंघका अध्यक्ष डासुराज पोखे्रलले बताए । संघको भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि नगरपालिका सहित सरोकारवालहरु संघ छलफल चलिरहेको र जग्गा व्यवस्थापन भए लगत्तै भवन निर्माण गरीने अध्यक्ष पोख्रेलले बताए ।
अध्यक्ष पोख्रेलले उद्योगी व्यापारीहरुको आर्थिक विकास सगंसगै महोत्सवको माध्यमबाट पर्यटन विकास र नवलपुर जिल्लाको कृषि, औधोगीक र व्यापारीक क्षेत्रको विकास र स्थानिय कलाकारहरुको कलाकारीतालाइृ समेत प्रष्फुटन गर्न सकिएको बताए ।
अध्यक्ष पोखरेलले चौथो ऐतिहासीक नवलपुर महोत्सव भव्य र सभ्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने उद्योगी, व्यापारी, वित्तिय संस्था नवलपुर जिल्लाबासी, पत्रकार, संचारगृह, कृषक, समाजसेवी, रानजैतिकदल , स्थानिय तथा राष्ट्रिय कलाकार लगायत सबैमा दिए ।












प्रतिक्रिया