बुटवल । सञ्जय सौगात र शीतल शर्माको तीज गीत ‘कुटुमा कुटु’को म्यूजिक भिडियो रिलिज भएको छ ।
शीतल मिडियाको प्रस्तुति रहेको गीत युट्युबबाट सार्वजनिक गरिएको छ । गीतमा सौगात र शीतलको स्वर रहेको छ । गीतको थेगो र संगीत गायक सौगातले बनाएका हुन् ।
संगीत संयोजन तिलक वलीले गरेका हुन् । म्युजिक भिडियोलाई निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा
म्युजिक भिडियोमा रबिता मगरको नृत्य छ । भिडियोमा उज्जवल गिरीको पनि अभिनय हेर्न पाइन्छ । भिडियोलाई बासु बरालले छांयाकन गरेका हुन् ।
शीतलले केही दिनअघि मात्रै गायक शिव हमाल, कला लम्सालसंगको सहकार्यमा ‘महारानी’ बोलको तीज गीत सार्वजनिक गरिसकेकी छिन् ।
https://www.youtube.com/watch?v=Ibg-Vi2WA14&feature=youtu.be
















प्रतिक्रिया